काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिनुभएको हो ।
नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ ।
सभामुख घिमिरेले शुक्रबार अपराह्न २ः४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
Jantedhunga
tuesday 29 apr 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो