कोशी डायरी : २०८३ साउन २३ गते

Jantedhunga

विराटनगर । कोशी प्रदेशमा आज दिनभरका प्रमुख गतिविधि तथा समाचारलाई समेटेर तयार गरिएको ‘कोशी डायरी’ 

लागूऔषधसहित ७ जना पक्राउ, १ हजार ३१५ किलो गाँजा बरामद :

कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। खोटाङबाट मात्रै १ हजार ३१५ किलो गाँजा बरामद गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।                                            कोशीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना :

मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। 

कोशीमा सत्ता समीकरणको चर्चा तीव्र :

कोशी प्रदेश सरकारको सत्ता समीकरणलाई लिएर नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच छलफल तथा राजनीतिक गतिविधि तीव्र बनेका छन्। सरकारको पुनर्गठन र प्रदेशको आगामी राजनीतिक दिशाबारे विभिन्न तहमा छलफल भइरहेको छ। 

करोडौँ खर्चमा बनेको म्याङ्लुङ बसपार्क सञ्चालनविहीन :

तेह्रथुमको म्याङ्लुङमा करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएको बसपार्क सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको विषय चर्चामा आएको छ। बसपार्क सञ्चालनमा नआउँदा यात्रु तथा व्यवसायीले समस्या भोगिरहेका छन्।                                                                            कोशीमा लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता :

झापा, मोरङ र सुनसरीलगायत जिल्लामा प्रहरीले लागूऔषध नियन्त्रणका लागि चेकजाँच तथा कारबाहीलाई तीव्रता दिएको छ। यसअघि पनि विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका थिए।

Jantedhunga
प्रतिक्रिया