धरानबाट खैरो हिरोईन सहित एकजना पक्राउ

Jantedhunga

धरान ।धरान उपमहानगरपालिका २ भानु चोकबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका ५ का १८ वर्षीय आकाश लिम्बूलाई पक्राउ गरेको हो ।

उनको साथबाट ३ सय ४० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थाई प्रहरी पोस्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका ८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रतिबन्धित लागूऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया