काठमाडौं । बडादसैँको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै छ । यस अवसरमा साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ ।
धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर लक्ष्मीको पूजा गर्दा घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुन्छ । यस दिनसँगै दसैँको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुने मान्यता छ ।
कोजाग्रत पूर्णिमाका दिन दसैँघरमा चढाइएका फूलप्रसाद तथा जमराका अवशेष नदी र जलाशयमा विसर्जन गर्ने चलन छ । यससँगै बडादसैँलाई औपचारिक रूपमा बिदाइ गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुने भएकाले कोजाग्रत पूर्णिमालाई दसैँको बिदाइ र तिहारको तयारीको सुरुवातका रूपमा समेत लिइन्छ ।
Jantedhunga
sunday 25 oct 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो