सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सप्तकोशी नदी किनारबाट२ सय २५ केजी गाँजा सहित २ जना पक्राउ परेका छन् । । हिजो (वैशाख १ गते राती ९ बजे) विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठ रहेका छन् । को. ३० प ९४७५ नम्बरको मोटरसाईकल र गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो